काठमाडौं महानगरपालिका-३२ बाट लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ बाट लागूऔषध सहित दुई जना पक्राउ

कपन अनलाइन

काठमाडौं, मंसिर १९। काठमाडौं महानगरपालिका-३२ स्थित फेमली क्याफेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपा बस्ने मकवानपुर हेटौंडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाही रहेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, जलेश्वर नगरपालिका-६ सानो धबौलिबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ९ सय ट्याबलेट, फेनारगन ९८ एम्पुल, नुर्फिन १ सय एम्पुल र डाईजेपाम १ सय एम्पुल सहित एकडाँरा गाउँपालिका-३ बस्ने २४ वर्षीय पप्पु कुमार मण्डललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र शसस्त्र प्रहरी बलको सिमा सुरक्षा पोष्ट जलेश्वरबाट संयुक्त रुपमा खटिएको टोलीले ज.१२ प ८३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।