बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

कपन अनलाइन

उदयपुर, मंसिर १९। त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ २ गते सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका-१४ घर भएका देहज भन्ने २१ वर्षीय हरि बहादुर बिष्ट रहेका छन् ।
उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये बिष्टलाई त्रियुगा नगरपालिका-३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।