मदन भण्डारी फाउन्डेसन काठमाडौंको स्थानीय तह लेखा समिति पदाधिकारी कार्यशाला गोष्ठी सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंसिर १७ । मदन भण्डारी फाउन्डेसन काठमाडौंको स्थानीय तह लेखा समिति पदाधिकारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको उप- प्रमुख सरिता दाहालको सभाध्यक्षता संम्पन्न भएको उक्त गोष्ठी मदन भण्डारी फाउन्डेसनका सचिब पेम्बा लामा प्रमुख अतिथिको रुपमा रहेकी थिइन् ।
जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा आज भएको सो गोष्ठीमा प्रदेश सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला सहित स्थानीय जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
उक्त गोष्ठीमा नायब महालेखा परीक्षक दामोदर पुडासैनीले लेख लेखा परिक्षण र बेरुजु विषयमा प्रशिक्षण दिएका थिए।
सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीले संघीय शासन प्रणालीमा स्थानीय तहको आर्थिक तथा वित्तीय ब्यबस्थापन बिषयमा प्रशिक्षण दिएका थिए।
त्यस्तै खरिद कानुनका सम्बन्धमा नेपाल कानुन आयोगकी सह-सचिब इन्दिरा दाहालले पनि प्रशिक्षण दिएकी थिइन्