रास्ट्रकवि माधव घिमिरेलाई रिया साहित्य समाजको विशेष सम्मान

रास्ट्रकवि माधव घिमिरेलाई रिया साहित्य समाजको विशेष सम्मान

कपन अनलाइन

काठमाडौं ,मंसिर १४।

काठमाडौँ कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा ११० औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही मङ्सिर १३ गते शुक्रबार आयोजना गरेको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई विशेष सम्मान गरिएको छ ।

वरिष्ठ साहित्यकार प्रा.डा.वासुदेव त्रिवाठीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा राष्ट्रकविलाई रू.५१,०००।– राशीको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरियो ।

लैनचौर स्थित घिमिरेको निवासमा नै आयोजित उक्त कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष रविन्द्रजंग थापाले विद्यालयका लागि आजको दिन गौरवमय रहेको बताउदै यस प्रकारको कार्यहरुलाई आगामी दिनमा अझै जिम्मेवारीपूर्वक कार्य गर्ने बताएका थिए ।

सम्मान कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्दजंग थापा , रिलायन्स संस्थापकहरु खेमलाल भुुसाल,दामोदर निरौला, राजु शिवाकोटी लगायत साहित्यकारहरु डा.शैलुन्द प्रकाश नेपाल, रमेश शुभेच्छुक युवा समाजिक अभियन्ता दामोदर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सम्मानपछि राष्ट्रकविले आफुलाई सम्मानको लागय सम्झनु भयो भन्दै, अत्यन्तै शालिनता पूर्वक आयोजक विद्यालयलाई धन्यवाद प्रदान गर्दे, आफ्नो भाषा,साहित्य र कलाको संरक्षण विना मानव जिवन सार्थक नरहने भन्दै आफु र आफ्नो अस्तित्व जोगाउन सफल हुनुहोस भन्ने कामना समेत व्यक्त गरेका थिए  ।

कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी तथा डा.शैलेन्दु प्रकाश नेपालले घिमिरेका व्यक्तिगत र कृतिगत योगदानका विषयमा चर्चा गर्नुभएको थियो । रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी, प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. महादेव अवस्थी, प्रा.डा. वासुदेव त्रिपाठी र डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।