लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

कपनअनलाइन 

काठमाडौं, मंसिर १३। लालीगुराँस र एन्जल्स हर्ट १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

लालीगुराँसले जगत मन्दिरलाई ४२–२० ले पराजित गर्यो । लालीगुराँसको जितमा दीपेश क्षेत्रीले २२ अंक योगदान गरे । शेखर मगरको १० अंक सहयोगमा एन्जल्स हर्टले आयोजक ओडिसी इन्टरनेसनल एकेडेमीलाई २५–१९ ले हरायो ।

जुनियर ब्वाइजमै बीएनएले बुद्ध प्रकाशलाई २८–१६ तथा सेबले गोल्डेनपिकलाई ३१–२० ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । बीएनएका सन्देश खड्काले १६ तथा सेबका विकास डंगोलले १४ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।