८ किलो सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिकपक्राउ
कपनअनलाइन
काठमाडौं, मंसीर १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।
विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले बताए ।
पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।
तपाइँको प्रतिक्रिया ।