बुढानिलकण्ठ नगरपालिका – ६ को बाटो सिमांकन सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिका – ६ को बाटो सिमांकन सम्बन्धी सूचना

कपनअनलाइन

बुढानिलकण्ठ, मंसिर ११ ।बुढानिलकण्ठ नगरपालिका वडा नं -६ले सार्वजनिक सूचना जारी गरेको छ ।कार्यबाहक वडा अध्यक्ष  बिश्वराम खड्काद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस नगरपालिकाको वडा नं – ६ गणेश चोकबाट न्यू कोलोनी हुँदै युरो स्कुल  लुडी खोला सम्मको सडक ६ मिटर चौडा विस्तार गर्नको लागि उपत्यका विकास प्राधिकरणबाट ठेक्का संझौता पुरा भई बाटो बिस्तारको कार्य सुचारु गर्नको लागि उक्त सडक खण्डको ६ मिटर चौडा बाटो सिमांकनको कार्य गर्न पर्ने भएकाले सो सडक  खण्डमा घरजग्गा हुनुहुने महानुभावहरुले मिति २०७६ मंसिर १३ गते शुक्रबार बिहान ७: ३० बजे  गणेश चोक न्युकोलोनीमा उपस्थिति भई सिमांकन कार्यमा सहयोग गरी दिनु हुन् सम्बन्धित सबैलाई यसै सूचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।