बालउद्धार मा.बि बुनपा – १० मा महिला हिंसा बिरुद्ध आत्मरक्षक खेल प्रशिक्षण सम्पन्न

बालउद्धार मा.बि बुनपा – १० मा महिला हिंसा बिरुद्ध आत्मरक्षक खेल प्रशिक्षण सम्पन्न

कपनअनलाइन

काठमाडौं,मंसिर १०। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्धार माध्यमिक बिद्यालयमा महिला हिंसा बिरुद्ध आत्मरक्षक तेक्वान्दो खेल प्रशिक्षण सम्पन्न भएको छ।

कक्षा ११ तथा १२ का  पचास छात्राहरुको सहभागीता रहेको उक्त  प्रशिक्षण  एक हप्ता संचालन गरि आज एक औपचारिक समारोह बीच सम्पन्न भएको हो ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राइ, वडाध्यक्षहरु नवराज भट्टराई तथा शम्भु भट्टराई, बिद्यालयका प्रधानाध्यापक बिनोद पण्डित तथा बिद्यालयका शिक्षक शिक्षिका एबं विधार्थीहरु  सहभागी रहेको उक्त कार्यक्रममा प्रशिक्षार्थी विधार्थीहरुले डेमो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै उपमेयर राईले लैंगिक हिंसा कुनै जात वा वर्गमा सिमित नरहेकाले सम्पूर्ण तह का महिलाहरु सुसुचित एवं प्रशिक्षित रहनुपर्ने बताएकी थिईन।
उक्त कार्यक्रममा वडाध्यक्ष नवराज भट्टराई, प्रधानाध्यापक बिनोद पण्डित , प्रमुख प्रशिक्षक मोहन बि.के.लगायत बक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए।

एक हप्ता अगाडी बुढानिलकण्ठ नगर प्रमुख उद्धब खरेलले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा तेक्वान्दो प्रशिक्षकहरु सबिना भट्टराई तथा रन्जना थापाले प्रशिक्षण दिएको प्रमुख प्रशिक्षक एबम अभियन्ता मोहन बि.के ले बताए। त्यसैगरी उक्त बिद्यालयमा तेक्वान्दो प्रशिक्षणरत विधार्थीहरुको नियमित ग्रेडिंग समेत आजै गरिएको छ।

फोटो सौजन्य: काठमाडौं खबर

तपाइँको प्रतिक्रिया ।