नापी कार्यालय साँखुबाट घुस लिने र दिने दुबै पक्राउ

नापी कार्यालय साँखुबाट घुस लिने र दिने दुबै पक्राउ

कपनअनलाइन

काठमाडौं,मंसिर १० । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको  ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए । यस्तै घुस दिने कार्यमा संलग्न कार्की पनि पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ४ हजार घुस लिने दिने दुबै जनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।