लायन्स क्लब अफ काठमाडौं इन्फीनिटि द्वारा राम जानकी आधारभुत बिद्यालयमा दिवा खाजा कार्यक्रम संचालन  

लायन्स क्लब अफ काठमाडौं इन्फीनिटि द्वारा राम जानकी आधारभुत बिद्यालयमा  दिवा खाजा कार्यक्रम संचालन   

कपन अनलाइन

काठमाडौं मंगसिर ७ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्फीनिटि द्वारा  साता ब्यापी दिवा खाजा खुवाउने कार्यको सुरुवात गरेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ नयापाटीमा अवस्थित श्री राम जानकी आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई एक हप्ता सम्म खाजा खुवाउने कार्यक्रमको शुक्रबार एक कार्यक्रमका बीच सुभारम्भ गरिएको छ । लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीले डिस्ट्रिक को  कार्यक्रम हंगर रिलिफ अन्तर्गत उक्त सामुदायिक बिध्यालयमा अध्ययनरत करिब १०० जना बालबालिकाहरुलाई एक हप्ता सम्म दिवा खाजा खुवाउन लागेको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा लायन्स क्लब डिस्ट्रिक ३२५ए१ का चिफ कर्पोरेट पार्टनर लायन बिष्णु भाइ श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा  एरिया कोर्डिनेटर लायन द्वारिका श्रेष्ठ, समाजसेवी सुदर्शन सिग्देल, बिध्यालयका प्रधानाध्यापक साधुराम फुयाल, पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनाल जोन चियरपर्सन माधब कार्की लगायत लायन्स लिडर तथा सदस्यहरु सहित शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका प्रेसिडेन्ट लायन मधुसुदन सिग्देलले गरेका थिए भने कार्यक्रम संचालन लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका फर्स्ट भिपी राजकुमार भण्डारीले गरेका  थिए ।

उक्त बिध्यालय मा अध्ययनरत अधिकांश बालबालिका जसका अभिभावक  आर्थिक अवस्थाका कारण ज्याला मजदुर गर्न जान्छन् , जसका कारण आफ्ना सन्तानलाइ समय दिन सकेका हुदैन र बिहान  बेलुका काम गरेर आफ्नो दैनिकी गुजारीरहेका हुँदाघरमा खाना बनाउने मान्छे हुदैनन्, “त्यस्ता विद्यार्थीलाई लक्षित गरि एक हप्ताको लागि  दिवा खाजाको व्यवस्था गर्न लागेको आयोजकले बताएको छ।

साथै आगामी दिनमा पनि क्लबले अरु संग समन्वय गरि त्यसलाई नियमित गर्नको लागि पहल गर्ने लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका प्रेसिडेन्ट लायन मधुसुदन सिग्देलले बताए। उनेल येस्ता दिवा खाजा कार्यक्रमले विद्यार्थीको पढाइ मा सहयोग हुनुको साथै  बिद्यालय नियमित हुने पनि बताए । उनले थप्दै भने सजिलोका लागि अधिकांश अभिभावकले छोराछोरीलाई खाजामा  जंक फुड पठाउँछन् । पोषणविद्का अनुसार जंक फुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेड, भिटामिन र सूक्ष्म पौस्टिक तत्व हुँदैनन् ।

यस्ता खानेकुरा प्रयोगले विशेषगरी शारीरिक र मानसिक विकासमा ह्रास ल्याई दीर्घकालीन रुपमा अनेकौं स्वास्थ्य समस्या निम्तिन्छ  त्यस्तो जंक फुड लाइ निरुत्साहित गर्दै घरमा बनाएको खानेकुरा खानु पर्छ भन्ने जनचेतना जगाउनको लागि पनि सो कार्यक्रम गरेको  बताए । उनले शुक्रबार  आफ्नो छोरा सौर्यको जन्मदिन समेत परेको हुँदा जन्म दिनमा गरिने फजुल खर्चलाइ कटाएर सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरण को लागि एक दिनको खाजा खर्च आफुले ब्येहोरेको र अन्य दिन को क्लबले बेहोर्न लागेको पनि बताए। सो क्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ए१ का चिफ कर्पोरेट पार्टनर लायन बिष्णु भाइ श्रेष्ठले खाजा कार्यक्रमको लागि नगद रु २५ हजार समेत सहयोग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।