१० औं पेसापालो वर्ल्ड कप-२०१९मा सहभागी नेपाली खेलाडीको बिदाइ

१० औं पेसापालो वर्ल्ड कप-२०१९मा सहभागी नेपाली खेलाडीको बिदाइ

कपनअनलाइन

काठमाडौं,मंसिर ५। १० औं पेसापालो वर्ल्ड कप-२०१९मा सहभागि हुने नेपाली पेसापालो खेलाडीहरुको बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पेसापलो महासंघका अध्यक्ष पारसमणि दाहालको सभापतित्वमा भएको उक्त बिदाइ कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सांसद कुसुम कुमार कार्की रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका -१२ इभरसाइन पार्टी प्यालेसमा सम्पन्न भएको बिदाइ कार्यक्रममा प्रदेश संसद कुसुम कुमार कार्की र नेपाल पेसापलो महासंघका अध्यक्ष पारसमणि दाहाल, बुनपा – १२ का वडा अध्यक्षले संयुक्तरुपमा खेलाडीहरूलाई बिदाइ गरेका थिए।

२६ नोभेम्बर देखि ३० नोभेम्बर सम्म भारतको पुनामा हुने उक्त खेलमा नेपालको तर्फबाट १५ जना खेलाडी, ६ जना ब्यबस्थापक र एक जना प्रशिक्षक सहित २२ जनाको टोलि भोलि भारतको पुना प्रस्थान गर्ने छन्।

उक्त बिदाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुसुम कुमार कार्कीले खेलाडीहरुलाई शुभकामना ब्यक्त गर्दै खेलाडीहरुलाई धेरै प्रेसर लिएर खेल्नु भन्दा पनि कम्फर्ट भएर इजी तरिकाले खेल्नको लागि आग्रह गरेका थिए।उनले भने  खेलको लागि आर्थिक सहयोग जुटाउन आफु पनि लागि परेको तर सोचे जस्तो सहयोग नभएको उनले बताए। यस्ता खेल गराउन गार्हो रहेको तर  यस्ता खेलहरु मार्फत यदी देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकियो भने खेललाई स्थापित गर्न सकियो भने सहज हुने उनले बताए।

सो कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष दाहालले नेपाली खेलाडीहरुले पेसापलो वर्ल्ड कप-२०१९मा सहभागि हुन् पाएको यो पहिलो अबसर हो यस्तो अबसर मिल्दा सबै जना खुसि भएको ब्यक्त गरे। यो नेपाल र नेपाली खेलाडीहरुको लागि पनि गौरवको कुरा हो उनले भने नेपाल पेसापालो एसोसिएसनको सकृयतामा नेपाली खेलाडी तथा प्रशिक्षकहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेस हुनको लागि अहोरात्र मिहिनेत गरेको उनले बताए।

खेलाडीहरुलाई झापाको मेची नगरपालिकाको बाहुंडागीमा भाद्र २९ गते देखि कर्तिका २९ गते सम्म संचालन भएको बन्द शिविरमा फिनल्याण्डका प्रशिक्षक मिक्को पिरहोनेन (Mikko pirhonen) ले प्रशिक्षण दिएका हुन् ।

नेपालमा यो खेल सुरु भएको ३ बर्षमा नै यति ठुलो  प्रगति गर्नु  खुसिको कुरा भएको उनले बताए र बिगतमा नेपालका विभिन्न ठाउँ र फिनल्याण्ड,स्वडेन, बंगलादेश जस्ता देशहरुमा उत्कृष्ट खेल खेलिसकेको हुनाले आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शन हुने कुरामा आफु लगायत नेपाल पेसापालो एसोसिएसन बिस्वस्त रहेको उनले जनाए।

नेपाली जन्मजात नै मिहेनती इमान्दारीको रुपमा चिनिने भएको हुनाले नै प्रगति गर्दै आएको उनले बताए। नेपालमा यस किसिमको खेलहरुको संचार माध्यमले पनि राम्रो संग प्रचार गरेको यसका साथै बुनपा नगरपालिकाले यो खेलको लागि आर्थिक सहयोग तथा खेलाडीहरुको मनोबल बढाउन सहयोग गरेको उनले जानकारी दिए।यसै गरी मेची नगरपालिकाले पनि पूर्ण रुपमा सहयोग गरेको उनले जानकारी गराए।नेपालमा विभिन्न खेलहरुलाई स्कुलस्तर देखि नै समावेश गर्न सकियो भने खेलकुद जगतको बिस्तार र उन्नति हुने उनले जनाए।

तपाइँको प्रतिक्रिया ।