बुढानिलकण्ठ नगरपालिका -१० को अपांगता भएकाहरुको लागि फिजियोथेरापी, सहयोग सम्बन्धि सूचना

बुढानिलकण्ठ नगरपालिका -१० को अपांगता भएकाहरुको लागि फिजियोथेरापी, सहयोग सम्बन्धि सूचना

कपनअनलाइन

बुढानिलकण्ठ, मंसिर ४ ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले सार्वजनिक सूचना जारी गरेको छ । वडा अध्यक्ष नवराज भट्टराई द्वारा हस्ताक्षरित उक्त सूचना मार्फत उस नगरपालिका वडा अनम ११ स्थित बाल अपांग टेवा संस्थाले यही मिति २०७६ मंसिर ८ र ९ गते अपांगता भएका बालबालिकाहरुलाई केन्द्रित गरी फिजियोथेरापी सहयोग सामग्री तथा परामर्श प्रदान गर्ने कार्यक्रम गर्न गइरहेको हुँदा यस वडा भित्र रहनु भएका र व्हिल चियर आबश्यक पर्ने ब्यक्तिहरु, अन्य सहयोग सामग्री प्रयोग गरिरहेका/ भएका तथा आबश्यक पर्ने ब्यक्तिहरु साथै घरमा अपांगता बालबालिका भएका तर निजहरुको कसरी हेरचाह कसरी गर्ने भन्ने सम्बन्धि परामर्श लिन चाहनुहुने सम्पूर्ण सम्बन्धित व्यक्तिहरुले  उल्लेखित मिति तथा व्यक्तिहरु संग  सम्पर्क गर्नुहुन् यसै सूचना मार्फत अनुरोध गरेको छ।

सम्पर्क गरिसक्नुपर्ने मिति : २०७६/८/ ६

सम्पर्क ब्यक्ति : भावना के.सी(९८४११६८८११)

डेन्डी शेर्पा(९८५१०४७७७३)

 

तपाइँको प्रतिक्रिया ।