बुढानिलकण्ठ नगरपालिका – ६ मा बाटो ढलान कार्यको उद्घाटन
कपनअनलाइन
बुढानिलकण्ठ, मंसिर ४ । बुढानिलकण्ठ नगरपालिका वडा नं – ६ वडा च्यासुण्डोल उपकार टोलमा बाटो ढलान कार्यको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
सो बाटो ढलान आ. ब ०७६/०७७ योजना अन्तर्गत वडा समितिको निर्णय अनुसार बुढानिलकण्ठ नपाको नगर परिषदबाट पारित वडाको रकम पच्चिस लाख रुपैया (२५०००००/) रकम बराबरको योजनामा उपकार टोल समितिको सकृय सहभागितामा योजना सम्झौता भई सो कार्यक्रमको उद्घाटन भएको हो।
प्रदेश सभा सदस्य दिपक निरौलाले बाटो ढलान कार्यको शुभारम्भ ढलानको मसला आफैले राखी साबेल चलाई उद्घाटन भएको सो कार्यक्रममा बुनपा नगर प्रमुख उद्धवप्रसाद खरेल ,वडाका स्थानिय जनप्रतिनिधिहरु स्थानिय टोल सुधार समितिको पदाधिकारीहरु, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा दिपक निरौलाले कार्य सम्पन्न गर्नको लागि अपुग रकमको ब्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे।
सो कार्यक्रममा नगर प्रमुख खरेलले यसरी वडाले समन्वय गरेर समयमानै यस्ता कार्य अगाडि बढाइ उपभोक्ताहरु जागरुक भएकोमा सहयोग निरन्तर जारी गरिने भन्दै खुसी व्यक्त गरे।
उक्त बाटो मार्फत ग्राण्डी अस्पताल तर्फको क्षेत्रका वडाबासी सम्पुर्ण महानुभावहरुलाई आवात जावत तथा अन्य सेवा सुबिधामा सहजता र पहुच पुग्ने छ।