गोकर्णेश्वर नगरपालिकाको सर्वसाधारण नागरिकमा सार्वजनिक अपिल
कपनअनलाइन
काठमाडौं,मंसिर ४ । गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख सन्तोष चालिसेद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस नगरपालिका क्षेत्र भित्र रहेको तथा संघीय सरकारको क्षेत्राधिकार भित्र पर्ने जोरपाटी सुन्दरीजल सडक खण्डको बाटो पिच गर्ने सम्बन्धमा यस नगरपालिकाबात स्थानीय तह, प्रदेश तथा संघीय ब्यबस्थापिकामा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको मिति २०७६/८/१ गते भएको छलफल अनुसार जोरपाटी- सुन्दरीजल सडक खण्ड अन्तर्गत सडक सिमामा निजि जग्गामा बनेको घर टहरा भएको ठाउँमा फुटपाथ सहित कम्तिमा १२ मि. र सार्वजनिक, प्रति जग्गा भएको ठाउँमा फुटपाथ सहित अधिकतम २२मि.कालोपत्रे गर्ने सहमति भएको हुँदा उक्त सडक खण्डको न्यूनतम १४मि. २ अधिकतम २२मि. सिमा क्षेत्र भित्र पर्ने घर टहराहरु नगरपालिकाको पहलमा हटाउन सुरु गरिएको व्यहोरा जानकारी गराउदै निजि जमिनको हकमा सडकको केन्द्रबात ७/७ मि दायाबाया बनेका संरचनाहरु यथाशिघ्र हटाउनु हुन् सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी अनुरोध गरेको छ।
साथै नगरवासी प्रति पर्न गएको असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी रहेको जनाएको छ।