वी पी संग्रहालय समितिद्वारा सुन्दरीजल आधारभूत बिद्यालयमा निशुल्क स्वास्थ्य शिबिर तथा प्रोजेक्टर हस्तान्तरण

वी पी संग्रहालय समितिद्वारा सुन्दरीजल आधारभूत बिद्यालयमा निशुल्क स्वास्थ्य शिबिर तथा प्रोजेक्टर हस्तान्तरण

कपन अनलाइन

काठमाडौँ, मंगसिर ३ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल नयापाटीमा रहेको बीपी संग्राहलय समिति परिवारले बिगतको कार्यक्रमलाइ निरन्तरता दिदै मंगसिर २ गते  विश्व मधुमेह दिवस सप्ताहको  अवसरमा निशुल्क मधुमेह , ब्लड प्रेसर परिक्षण   तथा निशुल्क औषधी वितरण गर्नुको साथै परामर्श सेवा प्रदान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ मूलखर्कमा अवस्थित सुन्दरीजल आधारभूत बिद्यालयमा सो कार्यक्रम संचालन गरिएको हो।

“लोकतन्त्रको लागि बीपी बाद” भन्ने मूल नाराको साथमा  वी पी संग्रहालय समिति सुन्दरीजलद्वारा संचालित  यो तेस्रो  निशुल्क सुगर जाँच तथा स्वास्थ्य जाँच सेवा प्रदान गरिनुको साथै औषधी समेत बितरण गरिएको थियो । केहि समय अघि काठमाडौं  नजिक रहेर पनि भौगोलिक रुपले पछि परेको सो स्थानको बिद्यालयलाइ  डिजिटल रुपमा सबल बनाउनका लागि  इन्टरनेट पुर्याइएको थियो ।  इन्टरनेट सेवा पुगे पछि विद्यालयलाइ डिजिटल रुपमा सबल बनाउने उदेश्यले उक्त  बिध्यालयका बालबालिकाको आधुनिक शिक्षा लाई टेवा पुर्याउन सहयोग पुगोस भन्ने हेतुले  विद्यालयलाइ बिद्युतिय उपकरण सहित प्रोजेक्टर  प्रदान गरिएको हो।

वीपी संग्राहलयका संस्थापक अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति परशुराम पोखरेलको प्रमुख आतिथ्य सम्पन्न सो कार्यक्रममा बिशेष अतिथिको रुपमा वीपी संग्राहलयका उपाध्यक्ष हेमन्त केशर पण्डित, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर , नेपाली काग्रेस गोकर्णेश्वर नगरपालिका   वडा नं१ का सभापति शंखर श्रेष्ठ नेपाली कांग्रेसका नेता एबम ओख्रेनी माविका अध्यक्ष शेर बहादुर तामांग नेपाली कांग्रेसका नेता लालमान  तामांग  नेकपाका नेता एबम इश्वरी आधार भुत बिद्यालयका अध्यक्ष ऋषिराम खत्री पोखरेल स्वाथ्य शिबिरका संयोजक ड़ा.प्रकाश पोख्रेल लगायत  बिध्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक शिक्षिका  बिद्यार्थी अभिभावाक तथा स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नानीमैया तामांगले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वीपी संग्राहलयका संस्थापक अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति परशुराम पोखरेल क्षेत्रगत हिसाबले नगरपालिकाको ठुलोभूभाग रहेको गोकर्णेश्वर १मा  अन्य बिकास भन्दा पहिले  शिक्षा र स्वास्थ्यको बिकास हुन जरुरी रहेको बताए। उनले बिपी संग्राहलय समिति को तेस्रो चरण अन्तरगत सो क्षेत्रमा स्वास्थ्य परिक्षण गरिएको बताए। उनले विद्यालयलाइ गुणस्तरको रुपमा बिकास गराउनु पर्छ भन्ने उदेश्यले बिद्यालयलाइ प्रोजेक्टर  प्रदान गरीएको बताए ।  मुलुक डिजिटल प्रबिधिको युगमा गइसकेका बेला शिक्षामा पनि डिजिटल प्रबिधि भित्राउन आवश्यक रहेकाले सामाग्रि प्रदान गरीएको पोखरेलको भनाइ थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर कार्यक्रम संयोजक डा. प्रकाश पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

स्वास्थ्य परिक्षण बाट करीब १५० जना लाभान्वित भएका थिए। सो कार्यक्रममा वीपी संग्राहलयका संस्थापक अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति परशुराम पोखरेल  र गोकर्णेश्वर नगरपालिका  वडा नं का वडा अध्यक्ष  राम मानन्धरले संयुक्त रुपमा बिद्यालयलाइ प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।