(नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा साइपाल, समता बि र बाल संसार बिजयी

(नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा साइपाल, समता बि र बाल संसार बिजयी

कपन अनलाइन

काठमाडौँ, मंगसिर ३।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता  शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर शुक्रबार बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ ।सोमबार प्रतियोगिताको  चौथो  दिन दोस्रो चरणका  तीन वटा  खेलहरु सम्पन्न भएको छ। चौथो दिनको पहिलो खेल साइपाल एकेडमी र अरुणोदय माबी बीच भएको थियो।उक्त खेलमा साइपाल एकेडमीले अरुणोदय माबी आरुबारीलाइ ५-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

साइपाल एकेडेमीका लागि जर्सी नं ६ का सन्दिप राय ,जर्सी नं१६ का प्रमोद चौलागाई, जर्सी नं  ५ का राजेश तामांगले एक एक गोल गरेका थिए भने जर्सी नं १० का खेलाडी पेम्बा लामाले दुइ गोल गर्दै  अरुणोदय माविलाई ५–१ को फराकिलो अन्तरले हराउदै अर्को चरणमा प्रवेश गरेको छ। अरुणोदय माविले खेल गोल गर्ने धेरै प्रयास गरे पनि उक्त प्रयासहरु सफल हुन सकेन । अरुणोदय माविको लागि जर्सी नं९ का मनिश मगरले सान्त्वना एक गोल गरेका थिए ।उक्त खेलको म्यान अफ द म्याच साइपाल एकेडेमीका जर्सी नं १० का खेलाडी पेम्बा लामा घोसित भए ।

सोमबार नै सम्पन्न अर्को खेल समता बि र इस्ट पोल माबी बीच भएको थियो। उक्त खेलमा  समता बि ले इष्ट पोल माविलाई ४-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।समता बि को लागि जर्सी नं ११ का सुरेन्द्र तामांग ले एक गोल गरेका थिए भने जर्सी नं९ का कहितिज  राइ ले थप ३ गोल गर्दै टिमलाई अर्को चरणमा प्रवेश गराए । इस्ट पोल माविले कुनै पनि गोल गर्न सकेन।उक्त खेलको म्यान अफ द म्याच इस्ट पोल माविका छिमी शेर्पा घोसित भए।

त्यसै गरि सोमबारनै सम्पन्न अन्तिम खेल  बाल संसार र बुद्द एकेडमी बीच भएको थियो। सो खेलमा बाल संसारले बुद्ध एकेडमीलाइ १-० को गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बाल संसारको लागि जर्सी नं १४ क खेलाडी मानिस श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई बिजयी बनाए । खेललाइ बरावरीमा ल्याउन को लागि बुद्द एकेडमीका खेलाडीहरुले प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन। अन्तत  बाल संसारले बुद्द एकेडमीलाइ १–० गोल अन्तर पराजित गरेको हो। सो खेलको म्यान अफ द म्याच बाल संसारका मनिस श्रेष्ठ घोसित भए संगै उनले नेपालय अंकित टिशर्ट प्राप्त गरेका छन । उनलाई बेसी गाउ युवा समुहको अध्यक्ष कृष्ण नेपालले टिशर्ट प्रदान गरेका थिए ।

मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा  प्रथम दितीय र उत्कृष्ट  हुने टिमले क्रमश  नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। सो प्रतियोगितामा रेफ्रीको भूमिकामा रेफ्री प्रदिप लामा र कृष्ण चौधरीले निभाइरहेका  छन्।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।