जगडोल- गागल खण्ड र कागेश्वरी चक्रपथ सडक निर्माणका लागि पहल

जगडोल- गागल खण्ड र कागेश्वरी चक्रपथ सडक निर्माणका लागि पहल

कपनअनलाइन

काठमाडौं ,मंगसिर २।

बुढानिलकण्ठ नगरपालिकाको जगडोललाई प्रस्थान विन्दु बनाएर निर्माण शुरु गरिएको जगडोल – गागल खण्ड र कागेश्वरी चक्रपथ सडकको विषयमा छलफल भएको छ।

काठमाडौं उपत्यकाको काठ क्षेत्रलाई समेट्ने गरि निर्माण शुरु गरिएको करिव १५० किलो मिटर सडक मध्ये  जगडोल देखि सुरु भएर गागलसम्म १२ किलोमिटर सडक समयमै सम्पन्न गर्नका लागि सरोकारवाला विच गाम्चा स्वास्थ्य चौकीमा छलफल भएको थियो।

२०७३ फागुन २ गते डीपीआर तयार भएर निर्माण शुरु भएको सडक समयमानै नबने पछी सो योजना केन्द्रिय सरकार बाट २४ करोड  ९९ सय लाखमा ठेक्का आहवान भई काम भइरहेको  सो  योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।

काठमाडौं उपत्यकाका पर्वतहरुमा विभिन्न महोत्सवहरु आयोजना मार्फत सो क्षेत्रको प्रवर्धन गर्दै आएका प्रदेस सभा सदस्य रामेश्वर फुयालले प्रतिनिधि सभा सदस्य भएको समय देखिनै निकै चासोका साथ पहल गरिरहेको सो सडक कागेश्वरी खण्डमा कालोपत्रे भएको छ भने गागल -जगडोल खण्डमा ढलान, माटोको काम, पर्खाल निर्माण र  केहि कालो पत्रे गर्ने काम भइरहेको छ।

समयमा काम नभएकोले काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई , गोकर्णेश्वर नगर  प्रमुख सन्तोष चालिसे सहितको बैठकले आगामी फागुन  २ गते सम्म निर्माण ब्यबसायीले काम सक्नु पर्ने र नसकेमा कालो सुचिमा नाम राख्ने चेतावनी सहित निर्माणमा सक्रिय पहल गर्ने निर्णय गरेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।