मदन भण्डारी मेमोरियल एसियन एमच्योर चेसमा कृष्णको एकल अग्रता

मदन भण्डारी मेमोरियल एसियन एमच्योर चेसमा कृष्णको एकल अग्रता

कपनअनलाइन

काठमाडौं,कार्तिक २८।  मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा नेपालका सिएम कृष्ण थापाको एकल अग्रता कायम रहेको छ । छैठौ चरणको समाप्ती देखि अग्रता कायम राखेका कृष्णले सातौ चरणमा सजिन मर्हजनलाई हराए । यसैगरी उनले आठौ चरणमा भारतका सुमित ग्रोभरसंग बराबरी गरे । कृष्णको सात अंक हुदा दोश्रो स्थानमा रहेका सुमितको ६.५ अंक छ । सुमितले सातौ चरणमा सुसील चौधरीलाई हराएका हुन् ।
यी दुईलाई पछ्याएका नेपालका पुरुषोत्तम चौलागाई र भारतका आर्नभ कुशहवाको ६ अंक छ । आठौ चरणमा यी दुइको बराबरी भएको हो । यस अघि सातौ चरणमा आर्नभले रिजेन्द्र राजभण्डारी तथा पुरुषोत्तमले प्रकास नेपालसंग बराबरी गरेका थिए । बुधबार साझकै रिजेन्द्र राजभण्डारी र भारतकी सन्ध्या जी विचको खेलको परिणामले खेलको समिकरणलाई धेरै प्रभाव पर्ने छ । सातौ चरणको समाप्तीमा रिजेन्द्रको ५ अंक छ ।
१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ ।

तपाइँको प्रतिक्रिया ।