गुर्जुधारा यातायातमा अख्तियारको छापा एक कमचारी सहित ४ पक्राउ
कपन अनलाइन
काठमाडौं ,कार्तिक २६।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाईकल प्रदेश नम्वर ३ गुर्जुधारामा छापा मारेको छ । आर्थिक अनियमितता भएको सुराकीका आधारमा अख्तियारले छापा मारेको हो । अख्तियारको छापामा एक कमचारी सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले बतायो ।
मोटरसाइकल पास गर्ने क्रममा कार्यालयका एक कर्मचारीले सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले छापा मारेको हो । अख्तियारको टोलीले कार्यालयका एक नासुलाई नियन्त्रणमा लिएको बताइए पनि कर्मचारीको परिचय खुलाइएको छैन । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको क्रममै रहेकोले थप बोल्न नमिल्ने बताए । ‘अनुसन्धानको क्रममा रहेको विषयमा केही बोल्न मिल्दैन,’ प्रवक्ता कोइरालाले भने ।
तपाइँको प्रतिक्रिया ।