विद्युत चुहावट कार्यमा संलग्न ३० जना पक्राउ
कपनअनलाइन
बारा, कार्तिक २६ । बाराबाट विद्युत चुहावट कार्यमा संलग्न ३० जना पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो ।
बारकोफेटा गाउँपालिका-३ र ४ फेटा गाउँ तथा विश्वामपुर गाउँपालिका-१ र २ बतरा बरैनिया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।