आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
कपनअनलाइन
सोलुखुम्बु,कार्तिक २४। आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेताङ गाउँपालिका-५ बस्ने ४२ वर्षीय शिव नेपाली हुन् । उनले आफ्नै ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो ।
घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।
