अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा ड़ा. इन्दिरा श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा ड़ा. इन्दिरा श्रेष्ठ

कपन अनलाइन

काठमाडौं ,कार्तिक २३

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३औँ साधारणसभाले डा इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काप्mले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठले मानवअधिकार र सामाजिक न्यायका विषयमा इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताइन् ।

शुक्रबार भएको सभाले नौ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेपालको संविधान लागूभएसँगै मुलुकमा स्थापित सङ्घीय शासन प्रणाली र जनअधिकारको रक्षा, विकास र सचेतनाका लागि इन्सेकद्वारा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने नागरिक तथा राजनीतिक अधिकारका सन्दर्भमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीनै तहका सरकारसँगको सहकार्य मजबुत बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विधिको शासन र मानवअधिकार रक्षा तथा विकासका लागि राजनीतिक दलका साथै राज्यका विभिन्न निकायसँग सहकार्य गर्ने, सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशक्य छिटो र पीडितको न्यायको सुनिश्चिततासहित निष्कर्षमा पुर्याउन  जोडदार माग गर्ने इन्सेकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।