साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु

साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु

कपन अनलाइन

काठमाडौं ,कार्तिक २३।

साउथ एसिया ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सहभागी छन् । बैठकले तेह्रौं दक्षिण एशियाली खेलकुद सागको तयारीबारे छलफल गर्ने छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले बैठकमा दक्षिण एशियाली खेलकुद सागको तयारीको अपडेट प्रस्तुत गर्नेछन्।आजै सहभागी देशका सेभ द मिसनका प्रतिनिधिहरुका सेमिनार पनि हुने छ।

यसअघि उद्घाटन समारोहमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले म‌ंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको लागि तयारी अन्तिम चरणमा पुगेको र सबै विदेशी पाहुनाहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए। साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछन्।

तपाइँको प्रतिक्रिया ।