गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखानमा चक्रपथ परिक्रमा गर्ने गरि ६ वटा नया बस थपिए

गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखानमा चक्रपथ परिक्रमा गर्ने गरि ६ वटा नया बस थपिए

कपन अनलाइन

काठमाडौं कार्तिक २१। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा   बाबा गोकर्णेश्वर यातायातले पुनः मंगलबार बाट सेवा सुचारु गरेको छ। ६ वटा नयाँ बसमार्फत सेवा सुरु गरिएको  हो । मंगलवार एक कार्यक्रमका बीच सुन्ताखानमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले  बस सेवाको उद्घाटन गरेका थिए ।कार्यक्रममा कम्पनीका अध्यक्ष भिम बस्नेत ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायत स्थानीयको उपस्थिति रहेको थियो।

केहि समय अघि पनि बाबा गोकर्णेश्वरले सेवा प्रदान गरेको भए पनि त्यति बेला सडक मर्मतको अवस्थामा रहेको र वडा कार्यलय अघिको उकालो ढलानको क्रममा रहनुको साथै निर्माण सामग्री बाटोमा नै राखिएको हुँदा पनि बस सेवा सुचारु हुन सकेको थिएनभने त्यति बेला रुट परमिट को समस्याको कारण पनि उक्त सेवा सहज रुपमा सुचारु हुन नसकेको र हाल पुन रुट परमिट सहित चक्रपथ परिक्रमा गर्ने गरि ६ वटा बाबा गोकर्णेश्वरले बस थपेको गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी गराए । उनले बस सेवालाइ दीर्घकालीन बनाउन सबैजना  उत्तिकै जिम्मवार हुनु पर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।