तारकेश्वर नगरपालिकाकाे लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन
कपनअनलाइन
काठमाडौं,कार्तिक २१ । तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ ।
गत आर्थिक वर्ष (२०७५/२०७६) मा रु १२ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा नगरपालिकाले रु १४ करोड ४० लाख असुली गरेको हो । यो लक्ष्यको तुलनामा १६ दशमलव ६६ प्रतिशत बढी हो ।
नगरपालिकाले करको दायरा बढाएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो”, राजस्व शाखाका प्रमुख ईश्वर अँगाईले बताए।
अघिल्लो आव २०७४-७५ मा रु १० करोड आन्तरिक राजस्व असुली गरेको नगरपालिकाले आव २०७५-२०७६ मा रु चार करोड ४० लाख बढी असुली गरेको नगरपालिकाले जनाएको छ । एकीकृत सम्पत्ति कर, मालपोत कर, व्यवसाय दर्ता नवीकरण शुल्क, निवेदन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर र नाता प्रमाणित दस्तुरलगायतबाट सो राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ ।
फोटो सौजन्य: खबरहब.कम