काठमाडौं महानगर कमिटीको पहिलो चियापानको तयारी पूरा

काठमाडौं महानगर कमिटीको पहिलो चियापानको तयारी पूरा

कपनअनलाइन

काठमाडौं,कार्तिक २१ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर कमिटीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दशै, तिहार, छठ र नेपाल संवत ११४० को उपलक्षमा बृहत शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष निर्मल देउलाले बताएका छन् ।

आगामी कात्तिक २३ गते शनिबार बसन्तपुर दरवार स्क्वायर दिनको १ देखि ५ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन महानगरवासी तथा आम शुभेच्छुक, शुभचिन्तकहरुमा महानगर कमिटीले निमन्त्रणा गरिसकेको महानगर सचिव रबिन्द्र श्रेष्ठले  जानकारी दिए ।

निमन्त्रणा नपुगेका समर्थक, शुभचिन्तकलाई यही समाचारलाई आधार मानी उपस्थिती भईदिन समेत उनले आग्रह गरेका छन् ।

फोटो सौजन्य : परिवर्तन खबर

तपाइँको प्रतिक्रिया ।