नेपाल क्लियरिङ्ग हाउस “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

नेपाल क्लियरिङ्ग हाउस “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

कपनअनलाइन

काठमाडौँ,कार्तिक २१ ।नेपाल क्लियरिङ्ग हाउसलाई  साउथ एशिया फिडरेशन अफ अकाउन्ट (सफा) बेष्ट प्रजेन्टेड रिपोर्ट अवार्ड सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”प्रदान गरिने भएको छ । दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा सम्मान गर्न लागिएकाे हाे ।

सो अवार्ड  बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गरिने भएकाे छ ।

यस अघि नेपाल क्लियरिङ्ग हाउसले सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यानद्वारा संचालित बीपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो ।

नेपाल क्लियरिङ्ग हाउसले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तीय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई पाएकाे बताएकाे छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रबर्धित कम्पनी हो ।

 

तपाइँको प्रतिक्रिया ।