हाइकुकार आविष्कार भारतीद्वारा लिखित ‘टुसाएको गगन’ लोकार्पण
कपन अनलाइन
काठमाडौ, कार्तिक १८ । हाइकुकार आविष्कार भारतीद्वारा लिखित ‘टुसाएको गगन’ को एक समारोह बीच लोकार्पण भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकका भुमिकार एवं साहित्यकार बिष्णु बहादुर सिंह, साहित्यकार एवं समालोचक डा. लेख प्रसाद निरौला, साहित्यकारहरु कर्णाद महर्षि, बाजुराम पौडेल, महाकाव्यकार बुनु लामिछाने, लेखककी ८४ बर्षिय हजुरआमा चिरन भारती लगायत विशिष्ट ब्यक्तित्वहरुको कार्यक्रम उपस्थिति रहेको थियो।
साहित्यकार तिलश्मी प्रवास द्वारा संचालित ‘टुसाएको गगन’ को लोकार्पण कार्यक्रममा ३ बर्षिया आभ्या लक्ष्मी भारतीले खादा लगाएकी थिईन भने पुस्तकको बारेमा जानकारी भुमिकार एवं साहित्यकार बिष्णु बहादुर सिंहले गरेका थिए ।
साहित्यकार एवं समालोचक डा. लेख प्रसाद निरौलाले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए भने अतिथिहरुलाई स्वागत महाकाव्यकार बुनु लामिछानेले गरिन ।
साहित्यकार तथा कवी ठाकुर शर्माको सभापतित्वमा सम्पन्न उक्त ‘टुसाएको गगन’ को लोकार्पण कार्यक्रममा सबै अतिथिहरुले पुस्तक लोकार्पण गरेका थिए ।
हाइकुकार आविष्कार भारतीद्वारा लिखित ‘टुसाएको गगन’ पुस्तकको प्रकाशक शब्दार्थ प्रकाशन रहेको छ भने यो कितावको मुल्य तिन सय नेपाली रुपैयाँ राखिएको छ ।
३०३८ सालमा जन्मिएका र लामो समय देखि अमेरिकामा बसोबास गरिरहेका आविष्कार भारती पेशाले आईटि इन्जीनियर भएर प्रवाशी ब्यस्त जीवनमा पनि समय बचाएर लेखन,सम्पादन र साहित्य लेखनको अविछिन्न यात्रामा छन् ।
५-७-५ अक्षरको तिन हरफे संरचना लेखिने हाइकुमा हाइकुकार आविष्कार भारतीद्वारा लिखित ‘टुसाएको गगन’ मा लेखकले भूगोल, इतिहास, सामाजिक रितिथिति,सांस्कृतिक र प्रकृतिका बारेमा प्रष्ट्याएका छन् ।