नेकपाले प्रदेश प्रमुखका लागि सिफारिस गर्यो ७ जनाको नाम

नेकपाले प्रदेश प्रमुखका लागि सिफारिस गर्यो ७ जनाको नाम

कपनअनलाइन

काठमाडौं,कार्तिक १८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि  गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।

उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेपछि सातवटै प्रदेशमा सो पद रिक्त थियो ।

प्रदेशका नयाँ प्रमुखका लागि सिफारिसमा परेका नामहरु :

१. अमिक शेरचन

२. सोमनाथ प्यासी

३. तिलक परियार

४. विष्णु प्रसाईं

५. धर्मनाथ यादव

६. शर्मिला त्रिपाठी

७. गोविन्द कलौनी

तपाइँको प्रतिक्रिया ।