चौधौं एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी हुन सुटिङ टोली कतार प्रस्थान

चौधौं एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी हुन सुटिङ टोली कतार प्रस्थान

कपनअनलाइन

काठमाडौं,कार्तिक १७। चौधौ एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आइतबार कतारको दोहा प्रस्थान गर्दैछ ।
नोभेम्बर ३ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । खेलाडीमा सुस्मिता नेपाल र कलपना परियार छन् । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद    (साग) का लागि छनोट भएका खेलाडी हुन् । प्रतियोगिता टोकियो ओलम्पिकका लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ । प्रशिक्षक तथा व्यवस्थापकमा नेपाल सुटिङ संघका सचिव एवं सुटिङका पूर्व मुख्य प्रशिक्षक प्रदीप खाती  छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे।

तपाइँको प्रतिक्रिया ।