आरुबारी डाँडागाउ टोल सुधार समिति द्वारा फोहोरमैला व्यवस्थापनको लागि निशुल्क डस्टबिन वितरण
कपन अनलाइन
काठमाडौं कार्तिक ११ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा रहेको आरुबारी डाँडागाउ टोल सुधार समितिले गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा फोहोर मैला व्यवस्थापनमा सहजताका लागिनिशुल्क डस्टबिन वितरण गरेको छ । तिहारको अवसर पारेर कार्तिक ८ गते शुक्रबार होलि एन्जल्स स्कुलको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच उक्त निशुल्क डस्टबिन वितरण गरेको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य एबम आरुबारी डाँडागाउ टोल सुधार समितिका पूर्व अध्यक्ष समेत रहेका डम्बर बहादुर श्रेष्ठ, होलि एन्जल्स स्कुलका प्रिन्सिपल राजकुमार श्रेष्ठ बिभिन्न महिला समुहका प्रतिनिधि आरुबारी डाँडागाउ टोल सुधार समितिकाका पदाधिकारी ,लगायत स्थानीयको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता आरुबारी डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले गरेका थिए भने कार्यक्रम संचालन ज्ञानेन्द्र घलेले गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य एबम आरुबारी डाँडागाउ टोल सुधार समितिका पूर्व अध्यक्ष समेत रहेका डम्बर बहादुर श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।आरुबारी डाँडागाउ टोल सुधार समिती सक्रिय रुपमा सामजिक क्रियाकलापमा अग्रसर हुदै आएको र नया कार्यसमितिले धेरै नै उत्कृष्ट कार्य गर्दै आएको कार्यक्रममा वक्ताहरुले बताएका थिए। सिसिटिभी जडान, स्वास्थ्य शिबिर सरसफाई लगायत चेतनामुलक कार्यक्रम पनि सो सो टोल सुधार समितिले गर्दै आएको छ ।सो क्षेत्रमा बसोबास गर्ने करिब २ सय घरलाइ फोहोर मैला व्यवस्थापन को डस्टबिन लागि कुहिने र नकुहिने फोहोर संकलन गरि संकलन केन्द्रको समेत व्यवस्थापन गरेको संस्थाका अध्यक्ष राजेश दाहालले बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले तिहार छठ नेपाल संवत लगायतको शुभकामना ब्यक्त गर्दै फोहोर मैला व्यवस्थापनको लागि वडा र नगरले धेरै कार्यक्रम गर्दै आएको बताए ।उनले फोहोर व्यवस्थापनको लागि कम्पोट मल बनाउनको लागि बिन र तालिम समेत वडाले दिएको समेत जानकारी गराएका थिए । उनले त्यसको बाबजुत पनि जतासुकै फोहोर फालिदिने, ठीक समयमा, ठीक ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको बहान गइसकेपछि फोहोर ल्याएर कुठाउँमा फाल्नेलगायत समस्य रहेको बताए ।उनले समुदायमा रहेको यस खालको बानी हटाउन समुदाय नै लाग्नु पर्ने अवस्था आएको बताउदै डांडा गाउ टोल सुधार समितिले राम्रो सुरुवात गरेको बताए ।उनले आगमी दिनमा नगर र वडाले के गर्न सक्छ त्यसमा सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले चाड पर्व हरुको शुभकामना ब्यक्त गर्दै नगरपालिकाको समस्या भनेको नै फोहोर मैलाको रहेको बताए ।उनले कमसेकम आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नु पर्छ भन्ने ज्ञान सबैमा हुनु जरुरी रहेको बताए । । उनले मुख्यतया सडकमा फोहोर थुपार्नु पर्ने बाध्यता, अस्वभाकिव रूपले बढेको जनघनत्वले जतासुकै उत्सर्जन गर्ने अव्यवस्थित फोहोर, प्रत्येक पसलमा प्रयोग गरिने प्लास्टिकका झोला र सडेका सामान मिल्काउने चलन समस्याका रूपमा रहेको र ल्याण्ड फिल साइड को अभाब पनि रहेको बताए ।
हेर्दा झिनामसिना लाग्ने यस्ता फोहोरले कति प्रकारको रोग व्याधी फैलाउँछ भन्ने ज्ञान नहुनु अर्को समस्या देखिन्छ । उनले भनने फाहोरको समस्याभन्दा डरलाग्दो समस्या भनेको समाजमा रहेको फोहोरसम्बन्धी अज्ञानता देखिन्छ । यो अज्ञानता हटाउन सक्ने हो भने फोहोमैलासम्बन्धी समस्या समाधान हुने उनले बताए। उनले त्यसमा नगरपालिका लागि परेको पनि बताए। उनले प्रत्येक मानिसको सोचमा परिवर्तन आयो र फोहोरले पुर्याउने हानि बारे जनचेतना फैलाउन सकियो भने अति सुन्दर ढंगले फोहोर मैला व्यवस्थापन हुन सक्ने भन्दै त्यसको सुरुवात आरुबारी डांडा गाउ टोल सुधार समितिले गरेको मा खुसि ब्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न महिला समुहका प्रतिनिधि होलि एन्जल्स स्कुलका प्रिनिस्पल राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै वितरण गरेको सामग्रीको सदुपयोग गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले चाड पर्वहरुको शुभकामना ब्यक्त गर्दै आयोजकलाइ धन्यबाद दिएका थिए उनले फोहोर बाट मोहोर बनाउन सकिने बताए। उनले जापान बाट फोहोर मैला व्यवस्थापनको मेसिन पनि नगरपालिकाले ल्याएको तर सो मेसिन राख्ने स्थानमा केहि बाधा अड्चनको कारण राख्न नसकेको बताउदै त्यसमा पहल जारी रहेको बताएका थिए । उनले सबै जना एक जुट भएमा फोहोर मैला व्यवस्थापन गर्न सकिने पनि बताउदै राम्रो काम गरेकोमा आरुबारी डांडा गाउ टोल सुधार समितिलाइ धन्यवाद दिएका थिए ।
कार्यक्रमको सभाध्यक्षको आसन बाट बोल्दै आरुबारी डांडा गाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले वितरण गरेको सामग्रीको उचित सदुपयोग गर्नको लागि अनुरोध गर्दै आरुबारी डांडा गाउ टोल सुधार समितिले गर्दै आएको कामको बारेमा संक्षेपमा जानकारी गराएका थिए ।उनले उपस्थित सबैलाई धन्यबाद समेत दिएका थिए ।