नेपाल संवतको अवसरमा गोकर्णेश्वर युवा उपकार क्लबले बृहत भिन्तुना मोटर साइकल र्याली आयोजना गर्ने
कपन अनलाइन
काठमाडौ, कार्तिक १०। बिगतमा जस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४० को स्वागतार्थ तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वा समाज प्रतिको योगदानलाइ सम्मान गर्दै बृहत भिन्तुना मोटर साइकल र्याली कार्यक्रम आयोजना गर्ने भएको छ। २०७६ साल कार्तिक १२ गते मंगलबार बिहान १० बजेक्लब भवन अगाडी गोकर्णेश्वर महादेव मन्दिर परिसर बाट सुरु हुने उक्त बृहत भिन्तुना मोटरसाइकल र्याली २०७६ को रुट बिगत बर्षहरुमा भन्दा केही परिमार्जन गरिएको कार्यक्रम संयोजक श्यामकृष्ण श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।
उनले उक्त बृहत भिन्तुना मोटरसाइकल र्याली २०७६ को उद्घाटन समारोह क्लब भवन अगाडि गोकर्णेश्वर मन्दिर प्राङ्गणबाट शुरु भई टोठा-बालुवा सुन्ताखान- डोखाटोल-तालिन्चोक-भैरबचौर-किसिगाल-भुमिस्थली- नयाँपाटी-सुन्दरीजल सम्म पुगी पुनः गोकर्ण, क्लब भबन हुँदै ऐतिहासिक देशेमा तुच्चा कार्यक्रम सहित सम्पन्न हुने बताए ।उनले उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्नगर्नको लागि सबैलाई अनुरोध समेत गरेका छन।साथै शनिबार क्लबका पदाधिकारीहरुको सम्पन्न भेलाले सो कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत शुरु भएको हो।शंखधर साख्वालाई नेपाल सरकारले २०५६ सालमा राष्ट्रिय विभुती घोषणा गरेको थियो