मदन भण्डारी शैक्षिक अक्षय कोष स्थापनाका लागि देउसी भैलो कार्यक्रम सम्पन्न

मदन भण्डारी शैक्षिक अक्षय कोष स्थापनाका लागि देउसी भैलो कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,कार्तिक ९।

मदन भण्डारी शैक्षिक अक्षय कोष स्थापनाका लागि मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ द्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको भ्याली पब्लिक स्कुलमा भएको सो कार्यक्रममा संकलित रकम सार्वजनिक तथा सामुदायिक विध्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकासमा प्रयोग गरिने आयोजकले जानकारी दिएको छ ।

मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेस सभा सदस्य दिपक निरौला ,बुढानिलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राई ,  नेकपा काठमाडौं जिल्ला सदस्यहरु मिठाराम अधिकारी ,संगम गहतराज ,लक्ष्मी संग्रौला ,नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,वडा नं ८ का अध्यक्ष सुमन तामांग ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

नेकपा बुढानिलकण्ठका नेता कार्यकर्ता सहित फाउन्डेसनका सदस्यहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको कार्यक्रमको संचालन निशा बरालले गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।