दोस्रो शिशु मिलन कप अन्तर बिद्यालय च्याम्पियनशिप फाल्गुन १० गते बाट हुने

दोस्रो शिशु मिलन कप अन्तर बिद्यालय च्याम्पियनशिप  फाल्गुन १० गते बाट हुने

कपन अनलाइन

काठमाडौं,फागुन ४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल स्थित  शिशु मिलन माध्यमिक विद्यालयले दोस्रो शिशु मिलन कप अन्तर बिद्यालय च्याम्पियनशिप फाल्गुन १० गते बाट आयोजना गर्ने भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल गम्चामा  खेल मैदानमा संचालन हुने उक्त प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले शिशुमिलन माध्यमिक बिध्यालयमा सम्पर्क राखी प्रतियोगिताको लागि दर्ता गर्न समेत अनुरोध गरेको छ।

फाल्गुन १० गते बाट संचालन हुने उक्त प्रतियोगितामा सहभागी हुनको लागी दर्ता शुल्क ४ हजार रहेको छ भने बिद्यालयमा अध्ययन गर्ने १० कक्षा सम्मका बिद्यार्थीहरु सहभागी हुन सक्ने छन। दर्ता गर्ने अन्तिम मिति फाल्गुन ८ गते सम्म रहेको आयोजकले कपन अनलाइन लाइ बताए। एट ए साइड अन्तर्गत खेलाइने समेत जनाएका छन्। थप जानकारीको लागि ९८५१००५५३९ मा अशोक श्रेष्ठलाइ सम्पर्क राख्न अनुरोध गरेको  छ ।

तपाइँको प्रतिक्रिया ।