आर्सनलले वेस्टरसण्ड्स एफकेलाई ३-० ले पराजित

आर्सनलले वेस्टरसण्ड्स एफकेलाई ३-० ले पराजित

कपन अनलाइन 

एजेन्सी, ४ फागुन । बिहिबार राति भएको युरोपा लिगमा आर्सनलले वेस्टरसण्ड्स एफकेलाई ३-० गोलले पराजित गरेको छ । वेस्टरसण्ड्सको घरेलु मैदानमा भएको खेलमा आर्सनलले खेलको १३ औ मिनेटमा नाचो मोनरियलले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको २३ औ मिनेटमा वेस्टरसण्ड्सका ओरिटिसले आत्मघाती गोल गरे । दुई गोलको अग्रता बनाएको आर्सनलका लागि ५८ औ मिनेटमा मेसुट ओजिलले गोल गरे ।

खेल सकिन केही मिनेट बाँकी रहँदा वेस्टरसण्ड्सले पेनाल्टी मिस गर्यो । यो जितसँगै आर्सनलको अर्को चरणमा जाने सम्भावना बलियो भएको छ ।

तपाइँको प्रतिक्रिया ।