द्वन्द्वकालमा विस्थापित सडक कार्यालय स्थापित भएन

द्वन्द्वकालमा विस्थापित सडक कार्यालय स्थापित भएन

कपन अनलाइन 

कपिलवस्तु, ४ फागुन । द्वन्द्वकालमा विस्थापित भएको कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित डिभिजन सडक कार्यालय अझै पुनःस्थापन हुनसकेको छैन ।

तालुकदार मन्त्रालयले कार्यालयलाई साविककै स्थानमा पुनःस्थापना गर्न निर्देशन दिए पनि बेवास्था गरिएकाले उक्त कार्यालय हालसम्म जिल्लाको गोरुसिंगेमा रहेको संपर्क कार्यालयबाटै सेवा प्रदान गर्दै आइरहेको छ । कागजपत्रमा शिवपुर लेखिए पनि काम भने गोरुसिंगेबाट भइरहेकाले कार्यालयको वैधानिकतामा समेत प्रश्न उठाएको स्थानीयवासी बताउँछन् ।

शिवपुरवासीले पटक÷पटक कार्यालयलाई शिवपुरमै पुनःस्थापन गर्न माग गर्दासमेत कुनै सुनुवाई नभएको स्थानीय कृष्ण थापाले बताउनुभयो । तत्कालीन विद्रोही नेकपा (माओवादी केन्द्र)ले ०५८ सालमा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरमा आक्रमण गरेकामा ठूलो क्षति नभए पनि असुरक्षाको कारण देखाउँदै गोरुसिंगेस्थित सेनाको क्याम्प नजिक कार्यालय सारिएको थियो ।

जिल्लादेखि केन्द्रसम्म पटक÷पटक धाउदासमेत कसैबाट पनि पुनःस्थापनका लागि ठोस पहल भएन, कर्मचारी अटेर गरेर गोरुसिंगेमा बसेका छन् हामीले भनेको कसैले मन्दैन शिव पाण्डेको भनाइ छ ।

पश्चिमाञ्चल सडक डिभिजन कार्यालय ५ नं इञ्जिजियर वीरेन्द्र कुँवरकाअनुसार गोरुसिंगेवासीको अवरोधका कारण कार्यालय सार्न कठिनाइ भइरहेको छ । मन्त्रालयबाट उक्त कार्यालय गोरुसिंगेबाट शिवपुर सार्न आदेश आइसकेको छ, तर ल्याउन नदिइएको इञ्जिनियर वीरेन्द्र कँुवरले बताए । गोरुसिंगेमा बसेर कार्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको उक्त कार्यालयका कर्मचारीले बताउँदै आएका छन् ।

नेपालमा शान्ति स्थापना भएको एकदशक बित्दा समेत शिवपुरस्थित सडक डिभिजन कार्यालय बेवारिसे भएको छ र करौडौंको भौतिक संरचना जीर्ण बनेका छन् ।

तपाइँको प्रतिक्रिया ।