नवनियुक्त प्रधानमन्त्री ओलीको सपथग्रहण ४ बजे

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथग्रहण ४ बजे

कपन अनलाइन 

काठमाडौ,फागुन ३। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन्। माओवादी केन्द्रको समर्थनसहित एमालेको दाबी पत्र बुझ्दै राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्युबाट नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा ओलाीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन ।’

राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले आजै अपराह्‌न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।ओलीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्। तर, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने माओवादी केन्द्र भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।

तपाइँको प्रतिक्रिया ।