च्याम्पियन्स लिगमा लिभरपुलले पोर्टोविरुद्ध गोलको वर्षा
कपन अनलाइन
एजेन्सी, ३ फागुन । च्याम्पियन्स लिगमा लिभरपुलले पोर्टोविरुद्ध गोलको वर्षा गरेको छ । आफ्नै घरेलु मैदानमा पोर्टोले पाँच गोल खाएको छ । लिभरपुलका लागि साइडो मानेले ह्याट्रिक गरे ।
उनले खेलको २५, ५३ र ८५ औ मिनेटमा उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफदेखि नै दबदबा बनाएको लिभरपुलका लागि मोहमम्द सलाहा र रोबर्टो फिरमिन्होले एकएक गोल गरे ।
यस सिजन फर्ममा नरहेको भन्दै फुटबल पण्डितहरुले उनको आलोचना गरेका थिए । तर, यो खेलले उनको फर्ममा सुधार भएको प्रशिक्षक उर्गेन क्लप बताउँछन् । यो खेलले पनि लिभरपुल डिफेन्सलाइन बलियो हुँदै आएको विश्लेषकहरु बताउँछन् ।
तपाइँको प्रतिक्रिया ।