रियल मड्रिडले पिएसजीलाई ३-१ ले पराजित

रियल मड्रिडले पिएसजीलाई ३-१ ले पराजित

कपन अनलाइन 

एजेन्सी, ३ फागुन । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पिएसजीलाई ३-१ गोलले पछारेको छ ।

पछिल्लो समय उच्च फर्ममा नरहेको रियलले पिएसजीलाई पराजित गरेको हो । घरेलु लिग खेलमा भने खासै राम्रो खेल प्रदर्शन नगरेको रियलको च्याम्पियन्स लिग रेकर्ड भने राम्रो रहेको छ ।

सान्टिएगो बर्नबाउमा भएको खेलमा पिएसजीले खेलको ३३ औ मिनेटमा राबियोटको गोल मार्फत अग्रता लिएको थियो । तर, खेलको ४५ औ मिनेटमा रियलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले सदुपयोग गरे ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेले । तर, अन्तिम दश मिनेट पिएसजीई भारी परेको थियो । खेलको ८३ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरे ।

त्यसको तीन मिनेट पनि बित्न नपाउँदै मार्सेलोले अर्को गोल थपे । अब पिएसजीले दोस्रो लिग चरणमा आफ्नै मैदानमा हुने खेलमा कसरी रियलको सामना गर्नेछ त्यो सबैको चासोको विषय बनेको छ ।

तपाइँको प्रतिक्रिया ।