लागू औषध मुद्धाका फरार प्रतिबादी पक्राउ

कपन अनलाइन

काठमाडौं, फागुन ३।
लागू औषध ब्राउनसुगर र नाइट्राभेट समेत मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट २०७३ चैत ६ गतेको फैसलाले ५ बर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना हुने ठहर भई फरार साबिक काठमाडौं महानगरपालिका–२३ बस्ने ३३ वर्षीय सन्दीपराज श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले काठमाडौं बानेश्वरबाट बुधबार पक्राउ गरेको छ ।

भारतको सुनौली बजारबाट लागूऔषध ब्राउनसुगर खरिद गरी नेपाल फर्कने क्रममा लुकाई छिपाई राखेको अबस्थामा सन्दिपराजको साथबाट १५ पिस नाइट्राभेट ट्याबलेट र अर्का प्रतिवादी संविधान खत्रीबाट ३ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेकोमा उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइएको थियो ।

श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।