थुनुवा फरार भएपछि प्रहरी निलम्बित

कपन अनलाइन 

सिन्धुली, २ फागुन । सार्वजनिक अपराधमा पक्राउ गरी अनुसन्धानमा राखिएका एक अभियुक्त जेलबाट फरार भएपछि प्रहरी जवान निलम्बनमा परेका छन् ।

कमलामाई नगरपालिका –१० भिमानका मीनबहादुर कार्कीको जाहेरीमा माघ २५ गते पक्राउ परेका कमलामाई नगरपालिका –९ सुकेखोलाका १८ वर्षीय रोहित लम्साल हिरासतबाटै फरार भएकाका हुन् ।

प्रहरीको ड्युटीका बेला लम्साल फरारसँगै इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी जवान राजीवकुमार पटेल निलम्बनमा परेका हुन् । पटेलमाथि लापर्वाहीको अरोप छ ।

पटेल थुनुवा सुरक्षा सेन्ट्रीमा खटिएका बेला माघ २७ गते लम्साल ट्वाइलेट जान भनेर हिँडेका थिए । साँझ सात बजे थुनुवा कक्ष बाहिर गई फर्कने क्रममा फरार भएपछि प्रहरी जवान पटेललाई निलम्बन गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।