प्रथम गोल्डेन गेट बुद्दिचाल प्रतियोगितामा बुढानिलकण्ठ १२ का आभा र सुदिप उत्कृस्ट खेलाडी बने

प्रथम गोल्डेन गेट बुद्दिचाल प्रतियोगितामा बुढानिलकण्ठ १२ का आभा र सुदिप उत्कृस्ट खेलाडी बने

कपन अनलाइन

काठमाडौ, फाल्गुन १ ।

गोल्डेन गेट कलेजले आयोजना गरेको प्रथम गोल्डेन गेट अन्तर बिद्यालय बुद्दिचाल प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को पायोनियर पब्लिक स्कुलका आभा पुडासैनी र सुदिप तामांग उत्कृस्ट खेलाडी  बनेका छन ।

उक्त प्रतियोगितमा  बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा संचालित पायोनियर पब्लिक स्कुलले  ब्वाइज र गर्ल्स तर्फ दुवैमा प्रथम स्थान हासिले गरेको छ जसमा पायोनियर पब्लिक स्कुलको छात्र  तर्फ  बेस्ट प्लयेर सुदिप तामांग भेएका  थिए भने उनले  बोर्ड फर्स्ट प्लेयरको उपाधि समेत प्राप्त गरे। छात्र  तर्फ पायोनियर पब्लिक स्कुलका सुदिप तामांग सहित, सौरभ पोख्रेल ,बिराज पुडासैनी, संदेश कटुवाल ,कोबित सिटौला रहेका थिए  ।त्यस्तै बोर्ड सेकेन्डमा अनिसा न्यौपाने तृतीय बनेकी थिइन्।त्यस्तै अनिस न्यौपाने सेकेन्ड बोर्डमा तृतीय भएका थिए।

सोहि स्कुलको छात्रा तर्फ आभा पुडासैनी बेस्ट प्लेयर घोसित हुदै बोर्ड फर्स्टमा  दितीय  भएकी थिइन । छात्रा  तर्फ पायोनियर पब्लिक स्कुलका आभा पुडासैनी सहित अनिसा  न्यौपाने, सुप्रिया बुढाथोकी, स्नेहा बुढाथोकी सहभागी भएका थिए ।

प्रथम स्थान हासिल संगै छात्र  समूहले ७ हजार ५ सय  रुपैया र  छात्रा  समुहले रु ३ हजार नगद पुरस्कार सहित ट्रफी,मेडल र सर्टिफिकेट हात परेको छ ।त्यस्तै गरि सोहि प्रतियोगितामा छात्र  र छात्रा  तर्फको खेलमा पनि अन्नपुर्ण स्कुल भएको थियो भने तृतीय स्थान छात्र  तर्फ दीप ज्योति स्कुल र छात्रा  तर्फ पुस्पसदन स्कुलले जितेको छ।  बिजेताहरुलाई ओलम्पिकका प्रतिनिधि द्वारा  पुरस्कार वितरण भएको थियो।

फोटो सौजन्य :शुष्मा बुढाथोकी

तपाइँको प्रतिक्रिया ।