काठमाडौं महानगरपालिका -१ को प्राचिन ढुंगेधाराको संरक्षण हुनुपर्यो (पाठक चौतारी )

काठमाडौं महानगरपालिका -१ को प्राचिन ढुंगेधाराको संरक्षण हुनुपर्यो (पाठक चौतारी )

कपन अनलाइन

काठमाडौ, फाल्गुन २।

काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको छ । आजकल तिर्खा लाग्ने उखरमाउलो गर्मीमा यस्ता ढुङ्गेधाराको सम्झना जो कसैलाई हुन्छ । पानीको अभाव झेलिएको अहिलेको अवस्थामा यसका विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा हो । चिसो र शीतल पानीको स्रोत ढुङ्गेधाराबाट झरेको पानी काठमाडौँका जनताले सयौँ वर्षदेखि निरन्तर उपभोग गर्दै आएका छन् ।

यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ। विज्ञान प्रविधिको विकास तथा तीव्र सामाजिक परिवर्तन एवम् जनसङ्ख्या वृद्धिका कारण ऐतिहासिक रुपमा धेरै महत्व बोकेका धेरैजसो ढुङ्गेधारा हाल सुकेका अवस्थामा पुगेका छन्भ ने संरक्षणको अभावमा यस्तो अवस्थामा पुगेको छ ।  जुन निकै दुःखद छ।

दृश्य हो कामपा वडा नं १ गैरीधाराको हो यहा वरिपरी सरकारी कार्यलय छन् ठुला ठुला बैंक, होटल रेस्टुराँ छन् महानगरपालिका छ सबैले आफ्नो ठेगाना गैरीधारा लेख्छन।  तर गैरी धाराको मर्मत सम्भार र सफाइ प्रति कुनै निकायले चासो दिएको छैन।

नेपालको पुरानो सम्पदा मध्येको एउटा हिटी  हो  सातौ शताब्दीमा अंशुबर्माले यो हिटी  बचाउन यसको छेउबाट बग्गी र गाडाहरु  चलाउन रोक लगाएको जस्ता नियमहरु भएको शिलापत्र अझै छ। पुरातात्विक महत्व बोकेका यस्ता सम्पदा संरक्षण गर्न किन कुनै निकायले चासो नदिएको होला एतिहासिक पुरातात्विक महत्व बोकेको सम्पदा खास गरि गैरी धाराको यथासक्य चांडो संरक्षण होस्।

अनुरोध गर्ने

कामपा-१  गैरीधारा बासीहरु

 

 

तपाइँको प्रतिक्रिया ।