म्यानचेस्टर सिटीले बासेललाई ४-० ले पराजित

म्यानचेस्टर सिटीले बासेललाई ४-० ले पराजित

कपन अनलाइन

एजेन्सी, २ फागुन । मंगलबार राति भएको अर्को च्याम्पियन्स लिगमा खेलमा म्यानचेस्टर सिटीले बासेललाई ४-० गोलले पराजित गरेको छ।

सिटीले पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो । सिटीका लागि गुएनडोगन, बर्नाण्डो सिल्भा र सर्जियो अगुइरोले गोल गरेका थिए । दोस्रो हाफमा पनि सिटीले खेलमा उत्तिकै दबदबा बनाइ राख्यो ।

गुएनडोगनले दोस्रो हाफमा पनि गोल गरे । यो जितसँगै सिटीको च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने सम्भावना निकै बलियो भएको छ।बासेलले भने खेलमा कमाल देखाउन सकेन । केही अवसरहरु सिर्जना गरे पनि गोल गर्न भने सकेनन् ।

तपाइँको प्रतिक्रिया ।