पूजा र आकाशको ‘रामकहानी’ छायांकन सुरु

पूजा र आकाशको ‘रामकहानी’ छायांकन सुरु
कपन अनलाइन 
काठमाडौं, २ फागुन ।अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नयाँ फिल्मको छायांकन सुरु भएको छ । ‘रामकहानी’ नाम राखिएको फिल्मको मंगलवार पोखराको माथिल्लो रमणिय डाँडा कास्कीकोटमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले पहिलो टेक दिए । मुहूर्त अगाडि सुदर्शन, पूजा, आकाश, राजाराम, केदार घिमिरे ‘माग्ने बुढा’ ले विन्दावासिनी मन्दिरमा पुजाआजा गरेका थिए ।
निर्देशक थापाका अनुसार, कास्कीकोटमा करीब २ हप्तासम्म फिल्मको छायांकन चल्ने छ भने बाँकी काठमाडौंमा हुनेछ । ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकाउने तयारीमा निर्माण यूनिट छ । ‘रामकहानी’ को कथा निर्देशक सुदर्शन आफैंले लेखेका हुन् । फिल्मको रिलिज डेट भदौ २२ गतेलाई कन्फर्म गरिएको छ ।
पूजा र सुदर्शनको संयूक्त लगानी रहने फिल्ममा जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएको चर्चा छ ।
लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’ का गीतमा अर्जुन पोखरेलको संगीत रहने छ । सौरभ लामाले फिल्म खिच्नेछन् । यसअघि सुदर्शन थापाले ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ जस्ता लभस्टोरी फिल्म निर्देशन गरिसकेका छन् ।
तपाइँको प्रतिक्रिया ।