विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हरायो

विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हरायो

कपन अनलाइन 

काठमाडौं,माघ २९ ।

विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हराएको छ । टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेट सहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । खेलमा सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए । नेपालका पारस खड्का ४२ रन बनाएर आउट भए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र रोहित कुमार पौडेल शुन्यमा आउट भएका थिए । जितका लागि नेपाललाई  ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई जिताए ।

प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । आफूले खेलेका तीनै खेल हारेको केन्या भने अंक तालिकाको पुछारमा छ । ६ टिम सहभागी यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने छ ।

तपाइँको प्रतिक्रिया ।