नवराज ढुंगाना कपनमा नै बस्छन्
कपन अनलाइन कपन चौकीको इतिहासमा सबैभन्दा प्रभावशाली काम गरेका भनेर नाम कमाएका तत्कालिन कपन प्रभाग इन्चार्ज इन्स्पेक्टर नवराज ढुंगाना सरुवा भए पनि कपनमा बस्छन् । ५ -६ महिनाअघि सरुवा भएका नवराज कपनमा नै भएर पनि कसैसँग भेटघाट गर्न भ्याएका छैनन् । उनको सरुवा भएपछि कपना केही व्यक्ति तथा संस्थाले उनलाई बिदाई गर्ने कार्यक्रम समेत बनाएका थिए तर उनी सरुवा हुने वित्तिकै कपन प्रभागबाट निक्लिहाले ।
कपनबाट सरुवा भएलगत्तै १५ दिन बुटवल र १५ दिन नेपालगंज ट्रेनिङ गराउन जानु परेकोले यता बिदा भएर जान नपाएको बताए उनले । बीचमा १५ दिन दिपायल पनि ट्रेनिङमा गराउन पुगे उनी । यतिखेर प्रहरी प्रधान कार्यालयमा १०- ५ का ड्युटी गरिरहेका छन् । अहिले उनी प्रहरीका नीति बनाउने शाखामा माथिल्ला तहका हाकिमहरुलाई साथ दिँदै छन् । धेरै कुरा सिक्ने मौका पनि पाएको छु नवराज थप्छन् एकेडेमिक ड्युटी गरिरहेको छु । उनी सरुवा भएपछि कपन प्रभागमा २ पटक मात्र आए ।
कपनमा बस्दा जहाँ बस्थे अहिले पनि त्यहिँ बसिरहेका छन् नवराज ढुंगाना । कपन ३ मिलनचोकमा श्याम प्रजापतीको घरमा डेरा लिएर बस्छन् । यसैबीचमा उनलाई पुत्रलाभ भएको छ । २ महिना हुन लागेको छोराको नाम उनले नृपेश राखेका छन् ।
कपनमा काम गर्दाको खुशी र दुःख दुबै सम्झन् नवराज ढुंगाना । उनले सरुवा भएपछि कसैसँग नभनी गएकाले धेरैपछिसम्म उनका मोबाइलमा कपनबाट धेरै फोन आएका थिए । एकपटक कपनका चिनिएका नेता मिठाराम अधिकारीले कपन प्रभागमा दरबन्दि ल्याउने बारे फोन गरेको सम्झिए उनले । राजुविक्रम थापा र बद्रि भट्टराईसँग भने बेलाबेलामा फोन तथा भेट भए पनि अरुसँग खासै भेटघाट नभएको बताए उनले । यसको कारण आफू एकदमै व्यस्त भएकोले हो उनले थपे ।