निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

कपन अनलाइन 

मंगलबारे, इलाम २८ माघ। नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन्।अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन् । चिपालुले ६३ मत ल्याए भने भक्तराजले ३७ मत प्राप्त गरे ।

संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित भए । त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी भए । यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी भए ।

तपाइँको प्रतिक्रिया ।