टोखा नगरपालिका वडा नं ५ को सार्वजनिक जग्गा संरक्षण अभियान शुरु

टोखा नगरपालिका वडा नं ५ को सार्वजनिक जग्गा संरक्षण अभियान शुरु

कपन अनलाइन

काठमाडौं,माघ २८ ।

टोखा नगरपालिका वडा नं ५ ले सार्वजनिक जग्गा संरक्षण अभियानको रुपमा  कल्की नारायण मन्दिर रहेको सार्बजनिक जग्गा संरक्षण गरेको छ।

उक्त जग्गामा भएको  टहरालाइ  हटाएको छ भने अतिक्रमणकारीहरुले मिचेको जग्गालाइ संरक्षण गर्ने उदेश्यले वडा नं ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले  नापी कार्यलयको सहयोगमा नगरपालिकाको इन्जीनियर, अमिनी, स्थानीय जन समुदायको सक्रियतामा सार्बजनिक जग्गा छुट्टयाई साँध किला लगाउने कार्य सम्पन्न भएको हो।

नगरपालिकाको सार्बजनिक जग्गा  संरक्षण गर्ने अभियान अन्तर्गत उक्त कार्य वडाले गरेको थियो । उक्त संरक्षण गरिएको जग्गामा सुन्दर पार्क बनाउने योजना समेत  वडा कार्यलयको रहेको वडा अध्यक्ष जगन्नाथ ढकालले कपन अनलाइनलाइ जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।