भेनेजुयली आप्रवासीलाई जागिर दिने ब्राजिलको घोषणा
कपन अनलाइन
रियो दी जेनेरियो, २७ माघ । ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा गरेका छन् ।
उनले ब्राजिलको उत्तरी क्षेत्रबाट सिमा पार गरेर आउनेहरूलाई लक्षित गरेर रोजगारीको घोषणा गरिएको बताएका हुन् । भेनेजुयलासँगको सिमानामा पर्ने रोराइमा राज्यको राजधानी बोआको भ्रमणका क्रममा मन्त्री जार्डीमले यस्तो घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत केही महिना अगाडी प्राप्त तथ्यांक अनुसार आफ्नो देश भेनेजुयलामा रोजगारी नपाएको र गरिबी भएकाले ब्राजिलमा आएका आप्रवासीहरु धेरै रहेका छन् । भेनेजुयलाका झण्डै ४० हजार नागरिक ब्राजिलको विभिन्न सहरमा बस्ने गरेका विश्वास गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।